आफ्नै साथीले चलाएको गोली लागेर ३ सैनिकको मृत्यु

काठमाडौं । आफ्नै साथीले चलाएको गोली लागेर तीन जना सैनिकको ज्यान गएको छ।

भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको हो।

Advertisement

साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए। एजेन्सी

More News last news
Loading...