गोप्य क्यामरा राखेर ३० होटलका अश्लील गतिविधि रेकर्ड

काठमाडौं । दक्षिण कोरियाका होटलका कोठाहरुमा गोप्यरुपमा क्यामरा जडान गरेर १६ सय व्यक्तिको अश्लील गतिविधि रेकर्ड गरेको पाइएको छ।

यो काममा संलग्न भएको अभियोगमा चार जना पुरुष पक्राउ परेका छन्। बीबीसीसँग कुरा गर्दै कोरियाका प्रहरीले भनेका छन्, यी चार व्यक्तिले अगष्ट महिनामा दक्षिण कोरियाका १० शहरमा ३० वटा अलग-अलग होटलमा १ एमएमको लेन्स क्यामरा जडान गरेका थिए।

Advertisement

उनीहरुले गोप्य रुपमा भिडियो रेकर्ड गरेर वेबसाइटहरुमा राख्ने र सवा चार लाख रुपैयाँसम्म कमाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरुले क्यामरालाई टेलिभिजन, हेयर ड्रायरको होल्डर र सोकेशमा जडान गरेर कोठाभित्र बसेकाहरुको गतिविधि रेकर्ड गरेको पाइएको बीबीसीले जनाएको छ। यति यो कुराको पुष्टि भयो र उनीहरु दोषी ठहरिए भने १० वर्ष जेल र दुई अर्ब रुपैयाँसम्म जरिवाना हुन सक्ने छ।

नोभेम्बरमा एक वेबसाइट बनाए, त्यहाँ ३० सेकेन्डको फ्रि भिडियो अपलोड गरिएको थियो र यदि पूरा भिडियो हेर्ने भए शुल्क लाग्ने भनेर उनीहरुले वेबसाइट हेर्नेहरुबाट पैसा लिने गर्दथे। वेबसाइटमा उनीहरुले यस्ता भिडियोहरु ८ सय ३ वटा राखेका थिए र विदेशमा वेबसाइटको सर्भर बनाएर कानुनबाट जोगिने प्रयास गरेका थिए। यसै महिना उक्त वेबसाइट बन्द गराइएको छ।

गोप्य रुपमा अश्लील भिडियो बनाउने काममा दक्षिण कोरियाको फास्ट इन्टरनेट पनि दोषि पाइएको छ। शौचालय र कपडा फेर्ने कोठाहरुभित्रको गतिविधि रेकर्ड गरेर पनि भिडियो बनाएर वेबसाइटमा राखिएको थियो।

पोर्नेग्राफी दक्षिण कोरियामा प्रतिबन्ध छ। तर पनि गोप्य तरिकाले भिडियो बनाउने र सार्वजनिक गर्ने काम तीब्र बन्दै गएको छ। यसप्रकारका घटनाहरु सन् २०१२ मा २ हजार ४ सय थिए। तर, सन् २०१७ मा बढेर ६ हजार भन्दा बढी पुगेको तथ्यांक छ।

More News last news
Loading...