पोखरामा अर्काको ४ महिने बच्चालाई १५ लाखमा बेच्न खोजेपछि (भिडियो)

पोखरा । बाग्लुङ्ग बुर्तिभंगकि गाउँपालिका—४ बस्ने १८ बर्षीया सीता खड्काले चार महिना अघि छोरीलाई जन्म दिईन्।

तर, त्यो बच्चाको बाबु सम्पर्कमा छैनन्। न त उनलाई हेरे, न छोरी नै। अविवाहित सीता सुत्केरी भएपछि घरमा बस्ने अवस्था भएन। छोरीको पालनपोषण गर्नकै निम्ती माग्दै हिँड्न थालिन्। उनले गत शुक्रबार भारत पश्चिम बंगाल घर भई हाल पोखराको नयाँबजारमा ब्यबसाय सञ्चालन गर्दै आएकी सरोना मैत्रलाई भेटिन्।

Advertisement

मैत्रलाई भेट्नु बित्तिकै खड्काले छोरीको पालन पोषणका लागि आफु माग्दै हिँड्ने गरेको भन्दै आफ्नो जीवनका दुःख पीडा सुनाउन थालिन्। ‘यो बच्चा पाल्ने मान्छे कोही होला दिदि ? म पाल्न सक्दिँन ।’ भिख माग्दै पुगेकी खड्काको कुरा उद्धृत गर्दै सरोनाले भनिन्।

दुर्घटनामा परी एक्ली छोरी गुमाएको पीडामा रहेकी मैत्रलाई खड्काको कुरा सुनेपछि मनमा लाग्यो ‘बाबु बिहिन यि चार महिने नानीलाई पाल्न पाएँ म पनि मैले गुमाएकी एक्ली छोरीको यादबाट केहि हदसम्म भएपछि राहात महसुस गर्न सक्थेँ।’

छोरीको अभावमा बसेका मैत्रका श्रीमान् श्रीमती र बाबु बिनाको छोरीलाई पुरुषप्रदान हाम्रो नेपाली समाजमा चार महिनादेखि पालन पोषण गर्दै आएकी खड्काको कुरा मिल्यो। त्यसपछि गत २५ गते मात्रै वडा कार्यालय र प्रहरीको सल्लाहमा उक्त बच्चाको पालन पोषण आफुले लिने भन्दै मैत्रीले कागजात गरेर कानुनी रुपमै खड्काकी छोरीको जिम्मा लिईन् ।

मैत्रले उक्त बच्चाको जिम्मेवारी लिएर पाल्न थालेको १० दिन मात्रै के भएको थियो । एक्कासी बुधबार दुई महिला र दुई पुरुष मैत्रीको घरमा पुगेर बच्चाको १५÷१६ लाख रुपैँया मुल्य तोक्न थाले। केही दिन अघि मात्रै बच्चाको आमासँग सहमति जनाएर पालेको बच्चा पाल्ने भए १६÷१७ लाख चाहिन्छ भन्दै पैसाको मोलमोलाई गरेको देखेर मैत्रीका परीवार अचम्मित भए।

‘हामीले त आफ्नी छोरी गुमाएको कारणले गर्दा अर्को छोरी हुन्छ कि भनेर पालेको मात्रै हो। हामीसँग त्यती धेरै पैसा पनि छैन । फेरी बच्चाको आमाले पैसाको कुनै कुरा गरेकी छैनन्।’ मैत्रकी श्रीमान् श्रीमती भन्छन्। अपरिचित ब्यक्तिले बच्चाको मोलमोलाई गरेको उनिहरु बताउँछन्।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...