दुलेगौडा । दुलेगौडा स्थित शहिद कृष्णमा माध्यामिक विद्यालयको बस गएराति अज्ञात समुहले तोडफोड गरि क्षति पु-याएका छन्।
विद्यालयकाको परिसरमा ठाउँ नभएपनि शुनपा वडा न ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठको खाली जग्गामा बस राखिएको थियो। रातको समयमा अज्ञात समुहले बसको अगाडीको भाग र झ्यालको भागमा रहेका सिसाहरु फुटाएर तोडफोड गरिदिएका छन्।
विद्यालयका प्रधानाध्यापक भुलाप्रसाद भण्डारीले तोडफोड कस्ले र किन ग¥यो नखुलेका जानकारी दिदै आवश्यक कारवाहीको प्रहरीसँग समन्वय गरिने बताए।
उनले केही दिन अघि सम्म विद्यालयमा महायज्ञ चलेका कारणमा बस राख्ने स्थानको अभावमा उक्त स्थानमा राखिएको बताए । उनका अनुसार बस विग्रीएकाले मर्मतको लागि प्रक्रियामा रहेको थियो।
यता सोही विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेको शुक्लागण्डकी नगरपालिका वडा न ३ का वडाध्यक्ष श्रेष्ठले प्रहरी प्रशासनको फितलो सुरक्षा ब्यवस्थाकै कारण यस्ता घटनाहरु घट्ने गरेको बताए।
उनले यस क्षेत्रमा प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसक्दा विचौलिया र अपराधिक गतिविधि गर्नेहरुको विगविगी बढेकोको जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
