कैलाली । जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज दिउँसो वन अधिकृत साहलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
वन अधिकृत साहलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको वन कार्यालयमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताएको छ। वन मुद्दा मिलाइदिने भन्दै अधिकृत साहले पैसा मागेको बताइएको छ।
अख्तियार अनुसन्धान आयोगले साहमाथि आवश्यक कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ। अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षकको नेतृत्वको टोलीले साहलाई पक्राउ गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
