तनहुँको म्याग्देमा ट्रकको ठक्करबाट स्कुटरमा सवार अनमीको मृत्यु, एच.ए घाईते

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे ४ मनहरीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट दमौली आउंदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रकले ग १ प १८६५ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरको पछाडीपट्टी सवार शुक्लागण्डी– ४  दुलेगौडा बस्ने २५ बर्षीया प्रतिक्षा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Advertisement

भण्डारी थर्पु स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी हुन । दुर्घटनामा गम्भीर घाईते भएकी भण्डारीको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक शुक्लागण्डकी–४दुलेगौंडा बस्ने दुर्गा अधिकारी तिमिल्सिना घाइते भएकी छिन् ।

घाईते अधिकारी पनि थर्पु स्वास्थ्यचौकीकी हेल्थ असिस्टेन्ट हुन । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

More News last news
Loading...