काठमाडौं । ब्रिटेनको संसदले प्रधानमन्त्री टरिजा मेले पेश गरेको युरोपेली संघ (ईयू) बाट बाहिरिने सम्झौता (ब्रेग्जिट) दोस्रोपटक अस्वीकार गरेको छ।
ब्रग्जिट मुद्दामा प्रधानमन्त्री मेको एउटा अर्को ठूलो हार हो। यसअघि जनवरीमा पनि उनको प्रस्ताव संसदले अस्वीकृत गरेको थियो।
योपटक सम्झौताको विपक्षमा झन बढी मत परेको बीबीसीले जनाएको छ। संशोधित मस्यौदाको पक्षमा २४२ मत परेको छ भने विपक्षमा ३९१ मत परेको छ।
सोमबार राति अबेर ईयूका नेताहरुसँग कुराकानी गरेकी प्रधानमन्त्री मेले संसदमा अपिल गरेकी थिइन् कि ब्रेग्जिटको संशोधन मस्यौदालाई समर्थन होस् वा बेग्जिक्टलाई अस्वीकार गरौं । संसदले मेको संशोधित मस्यौदालाई अस्वीकार गर्यो।
अब २९ मार्चमा विना सम्झौता ईयूबाट बाहिरिने वा नबाहिरिने संसदमा मतदान हुने बताइन् । विना सम्झौता ईयू छाड्दा आयरल्याण्डसँगको सीमा व्यवस्थापना कसरी गर्ने भन्ने योजना बुधबार सरकारले घोषणा गर्ने उनले बताइन्।
प्रमुख विपक्षी दल लेबरका नेता जेरेमी कर्बिनले भने प्रधानमन्त्री मेको प्रस्ताव प्रष्ट रुपमा विफल भएकाले अब आमचुनाव घोषणा गर्नुपर्ने बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
