विमान दुर्घटनाः १२ जनाको मृत्यु

काठमाडौं । कोलम्बियाको भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको छ। विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

३० सिट क्षमताको विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको कोलम्बियाका अधिकारीले जनाएका छन्।

Advertisement

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो। त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

More News last news
Loading...