बेलबारी । मोरङको बेलबारी ४ की २६ बर्षिया महिला रमिला राई एक सातादेखि गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङ पक्राउ परेका परेका छन्।
यही फागुन १७ गतेबाट हराईरहेकी युवती अहिले सम्म नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा गुरुङलाई नियन्त्रणमा लिएको हो । केही दिनदेखि गुरुङ समेत बेलबारी छोडेर सम्पर्कबिहिन भएपछि प्रहरी उनको पछि लागेको थियो । उनलाई शुक्रबार पक्राउ गरिएको बताईएपनि ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर रामकुमार राईले सो कुराको पुष्टि गरेन्न । उनले अहिले केही बोल्न नमिल्ने र पत्रकार सम्मेलन गरी सबै कुरा बताउने जनाएका छन ।
प्रहरीले शुक्रबार गुरुङले प्रयोग गर्दै आएको बा।१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको छ । युवती हराएको रात उनीहरु सँगै रहेको र एकाएक उनी गायब भएपछि महिलाका परिवारले खोजीका लागी प्रहरी गुहारेको थियो । पहिलो श्रीमान सँग सम्बन्ध बिच्छेद गरेर ती महिला माईतीघरमा बस्दै आएकी थिईन । गुरुङका भने श्रीमती र छोराहरु काठमाण्डौमा बस्दै आएका छन । उनी नेकपा एमालेका पुर्ब बेलबारी अध्यक्ष समेत हुन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
