म्याग्दी । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दीको तातोपानी कुण्डमा आइपुगेका छन्।
म्याग्दी सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत यहाँ आइपुगेका हुन्।
सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण एवं कुण्डमा स्नानसमेत गर्नुभएको छ। कांग्रेस नेताहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत गरेका थिए।
उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो। तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयको रूपमा परिचित छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
