काठमाडौं । सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो थियो उच्च अदालतले त्यसलाई सदर गरेको थियो। तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
