पोखरामा हतियारसहित चार जना पक्राउ

पोखरा । पाँच थान हतियारसहित चार जना पक्राउमा परेका छन्।

रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई पाँच थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

Advertisement

उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल (सर्ट गन) एक गरी पाँच थान हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराएका छन्।

कास्कीको रुपा गाउँपालिका–७ तालबेशी तथा सौर्यवासका विभिन्न स्थानहरुमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीमाथि मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारवाही शुरु गरिएको छ।

More News last news
Loading...