एन्फाको नयाँ लोगो सार्वजनिक, पोखराका सन्दिपले निर्माण गरेको लोगो उत्कृष्ट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार नयाँ लोगो सार्वजनिक गरेको छ।

एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको नयाँ लोगो पोखराका सन्दिप तिवारीले निर्माण गरेका हुन्। पाँच सय ७० लोगो मध्ये उत्कृष्ट ठहरिएको लोगो डिजाइनकर्ता सन्दिपलाई ५० हजार सहित पुरस्कृत गरियो।

Advertisement

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ। पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो। यस अघि बिस २०६२-६३ को जनआन्दोलन पछि परिवर्तन गरिएको थियो।

त्यसबेला हाल रहेको लोगोको मध्ये भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो। पोखराको वेगनासताल निवासी तिवारीले आफ्नो डिजाइन छनौट बन्दा अत्यन्तै खुशी लागेको बताए।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्यौपाने लगायतले लोगो सार्वजनिक गरे।

सो अवसरमा रातो र निलो कलरको राष्ट्रिय जर्सी, फुटबल गीत पनि सार्वजनिक गरेको छ।

More News last news
Loading...