आज फेरी कास्कीमा २ प्याराग्लाइडिङ दुर्घटना, एक विद्युत तारमा ठोक्किए, छाचोकमा रुखमा अड्किए

पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परी रोमानियाली नागरिकको ज्यान गएको भोलिपल्ट आजपनि दुई दुर्घटना भएका छन्। कास्कीको माछापुच्छ्रे र मादी गाउँपालिकामा प्याराग्लाइडिङ उडान भरेका दुईजना विदेशी पाइलट घाईते भएका हुन्।

दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एकजना विदेशी प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन्।

Advertisement

उनको परिचय खुलेको छैन । स्थानीयका अनुसार विद्युत तारमा अड्केका ती पाइलटलाइ करेन्ट लाग्दा भुईमा पछारिन पुगेका थिए।

यस्तै, मादी गाउँपालिका–७ छाचोकमा रसियाका पाइलट दुर्घटनामा परेका छन् । ६३ वर्षिय इलगिज यागुदिन भोगटेको रुखमा अड्केका थिए। उनलाई अर्को रुखबाट गएर स्थानीयले उद्धार गरेको वडा अध्यक्ष लालबहादुर गुरुङले बताए।

More News last news
Loading...