मुग्लिङमा नेपालकै नमुना आर्क पुल बैशाखबाट सुचारु हुने

काठमाडौँ । मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज नेपाली नयाँ वर्षबाट सञ्चालनमा आउने भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत गण्डकी प्रदेश प्रवेश गर्ने उक्त आर्क ब्रिज नयाँ बर्षबाट सञ्चालनमा ल्याउने तयारी भईरहेको हो।

यसअघि फागुनबाट पुल सञ्चालनमा आउने बताईएतापनि दुई महिना ढिलो गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको हो। पुल महाशाखा प्रमुख दिपक भट्टराईका अनुसार चैत मसान्तसम्म संरचना निर्माण सक्ने र बैशाख १ गतेबाट सञ्चालन ल्याउने तयारी रहेको छ।

Advertisement

हाल पुलको अधिकांश संरचना तयार भईसकेको र अहिले ब्रिजमा ढलान को काम भईरहेको छ। ढलान सकिएपछि रेलिङ हाल्ने, एप्रोच रोड बनाउने लगायतका काम सुरु गरिने छ। चैतसम्ममा ब्रिज तयार पार्ने र वैशाखमा उद्घाटन गरेर सञ्चालनमा ल्याने भट्टराईले बताए।

विश्व वैकको १२ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गर्न लागिएको हो । १६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ । २०७१ सालबाट निर्माण सुरु गरिएको थियो। यो चीनमा पढेर आएका नेपाली इन्जिनियरहरुले डिजाइन गरेको दोस्रो आर्क ब्रिज हो।

More News last news
Loading...