पोखरा । पोखराको फेवातालमा डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका विदेशी एक सोलो पाइटलको मृत्यु भएको छ।
रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासि तालमा डुब्न पुगेर उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।
सिस्जर सहित ९ जना विदेशी सोलो पाईलटहरुले पोखरामा सोलो प्याराग्लाइडिङ गर्नको निम्ति पोखरा आएको बुझिएको छ। उनीहरुले पोखराको व्लु स्काई प्याराग्लाइडिङबाट रुट प्रमिटको अनुमति लिएको बताइन्छ।
दुर्घटना आज बिहान करिब ११ः२० बजे भएको हवाई खेलकुद संस्था नाका एक सदस्य नारायण पहारीले पोखरा न्यूजलाई बताए। उनका अनुसार सिस्जरले फेवाताल माथिको आकासमा स्पाइरलको अभ्यास गर्दा गर्दै एकाएक सिधैं तालमा डुब्न पुगेर तालमा डुबेको करिब दुई मिनेटमै उनको घटना स्थलमै मुत्यु भएको हो।
सिस्जर तालमा डुब्ने वित्तिकै स्थानिय, सशस्त्र प्रहरी वलको रेस्क्यू टिम सहितको टोली उद्धारमा खटिएको थियो। तत्काल उनलाई मेट्रोसिटि हस्पिटलमा ल्याएसंगै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
पोखरामा यसरी विभिन्न कारणले गर्दा सोलो पाईटलहरुको करिब १० जनाको मुत्यु भइसकेको छ। पोखरामा प्याराग्लाइडिङको राम्रो अनुगमन र नियमनकारी निकाय प्रभावकारी ढंगले काम गर्न नसक्दा यस्ता दुर्घटना बढ्दै गएको व्यवसायीहरुले गुनासो गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
