सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो

पोखरा । सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ । प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तर, परिचय भने खुलेकत्र छैन।प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो।

Advertisement

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ।

More News last news
Loading...