पोखरा । पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।
कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेको बताइएको छ।
फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख एवं (डि.एस.पी.) कोमल शाहले बताए।
उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको लागि राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताए । गौरीघाटमा एउटा स्कुटर समेत भेटिएको र अधिकारीको साथमा रहेको चावी उक्त स्कुटरकै भएको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
