पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्रको’ नामबाट राख्न आग्रह

चिप्लेढुङ्गा । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन्।

फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उहाँको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ।

Advertisement

विज्ञप्तिमा अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाउनुभएको र पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री भएर अझ विशेष भूमिका खेल्नुभएको उल्लेख छ ।

More News last news
Loading...