कास्की । कास्की माछापुच्छ्रे गाउँपालिका २ च्याङ्लुङ्मा गाँउमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पोखरा महानगरपालिका १६ लामाचौरका २२ वर्षीय मनोज गर्बुजाको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यलय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द्र पुरीले जानकारी दिए।
झगडामा घाइते भएका तीन जनालाई उपचारको लागि अस्पताल ल्याएकोमा उपचारको क्रममा मनोज जनाको मृत्यु भएको हो।
पोखरा महानगरपालिका १६ लामाचौरका २६ वर्षीय लाल बहादुर गुरुङ र १८ वर्षीय शिव बानियाँ घाइते भएका छन्।
उनीहरूको झै(झगडामा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई समूहबीच किन झगडा भयो भन्ने बारे खुलेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
