दार्चुला । दार्चुलामा शुक्रबार राति भएको एउटा यात्रु जिप दुर्घठनामा कम्तिमा ११ जनाको ज्यान गएको छ ।
दार्चुला-तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्रघटनामा चालक दीपक धामी गम्भीर घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जिप दुहु गाउँपालिका ३ राताकाठाको भिरमा खसेको हो।
शुक्रबार बेलुकी सवा ८ बजेतिर खसेको जिपमा सवारमध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिंह धामी गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रनि कठायतले तीन महिलाको शव सडकमा निकालिसएिको बताएका छन्। चारजना महिला, तीनजना पुरुष र एकजना बालकको शव टर्च बालेर हेर्दा भिरमा देखिएको जनाएको छ ,
प्रहरी निरीक्षक कठायतले तीन महिला बाहेक अरु कसैको शव निकाल्न सकिने अवस्था नरहेकाले शनिबार विहान मात्र निकालिने बताए । ‘राति भएकाले भिरमा जान सकिएन, तीन महिलाको शव निकालिसकिएको छ, चार महिला, तीन पुरुष र एक बच्चाको शव भिरमा अड्किएको देखियो निकाल्न सकिएन’, प्रहरी निरिक्षक कठायतले भने ।
गम्भीर अवस्थामा भेटिएका चालक धामीलाई जिल्ला अस्पताल दार्चुलाबाट भारतको पिथौरागढका लागि रेफर गरिएको उनले बताए ।
जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
