स्याङ्जाको विरुवा गाउँपालिकामा चैत्र २३ देखि महायज्ञ हुँदैं

स्याङ्जा । स्याङ्जा विरुवा गाउँपालिका ४ ओरष्टे मड्कीना गोफामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको श्री नारायणेश्वर शिव मन्दिर तथा आश्रम संरक्षण, विकास तथा प्रचारप्रसारका लागी महायज्ञ गरिने भएको छ ।

मन्दिर संरक्षण तथा विकास समितिले यही चैत्र २३ देखि ३० गतेसम्म महायज्ञको आयोजना गर्न लागिएको पत्रकार सम्मलेन मार्फत जानकारी गराईएको हो । स्व.नारायण पुरी तथा सोमबार गिरीकी छोरी १००८ चम्पागिरीज्यूको जन्मस्थान समेत रहेको सोस्थानमा माता चम्पा गिरीज्यूका चेलाहरुको सकृयता र बेदानन्ताचार्य स्वामी गोकुलानन्दज्यूकोसंरक्षणत्वमा चम्पागिरीज्यूको पाचौँ निर्वाण तिथिमा महायज्ञ गरिने भएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा बेदानन्ताचार्य स्वामी गोकुलानन्दज्यूले जिल्लाकै धार्मिक तथा ऐतिहासिक महत्वबोकेको मड्कीनामा सन्तग्रामको स्थापना, विभिन्न जातजाति तथा भाषाभाषिको संग्राहलय स्थापर्ना, बैदिक शिक्षालय एवं आर्युेवद स्वास्थ्य शिक्षा, प्राविधिक शिक्षा एवं गरिब जेहेन्दार बालबालिकाका लागि शिक्षा लगायतका क्षेत्रमा काम गर्ने जानकारी दिए । पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिकाको संगमस्थलमा रहेको मड्कीनामा रहेका धार्मिक तथा ऐतिहासिक महत्वका बोकेका जीर्ण बनेका मन्दिरकोसंरक्षण सम्बद्र्धन गर्दै बहुउदेश्यि संरचना निर्माणगर्ने पनि स्वामी गोकुलानन्दको भनाई छ ।

महाराज चम्पागिरीको चेला भएर १५ बर्ष उहाँको सेवा गर्ने अवसर पाएको बताउने स्वामी गोकुलानन्दज्यूले गुरुङवस्ती रहेको समुदायमा विभिन्न जातजाति तथा भाषभाषिको स्रग्राहलय स्थापना गर्ने, बैदिक शिक्षा,आर्युेवद स्वास्थ्य, प्राविधिक शिक्षालगायतको व्यवस्था गरी धार्मिक पर्यटकीय हवको रुपमा विकास गर्न सकिने बताए ।

१ करोड आर्थिक संकलन गरी ३० लाख खर्च गर्ने र बचत रकम मध्ये झण्डैं ७० लाख रुपैंया सोही स्थलको संरक्षण एवं बिबिध क्षेत्रमा खर्च गरिने भएको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा भागवत भाष्करपण्डित कमलनयन गौतमले भागवत बाचन गर्ने छन् ।

कार्यक्रममा महायज्ञ आयोजक संयोजक थमनराज गुरुङ, मन्दिर व्यवस्थापन समिति अध्यक्ष धनप्रसाद गुरुङ, समिति सचिव रविन गुरुङ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा महायज्ञ सचीव रबिन के.सी लगायतले माता चम्पागिरीको जन्मस्थान स्याङ्जालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन योमहायज्ञले भुमिका खेल्ने भएकाले सबै लाग्नुपर्ने बताए ।

More News last news
Loading...