पोखरा । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ ।
त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाण्डौंमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।
पार्टी कार्यालयमा केहीबेर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि खुला मञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । आज सार्वजनिक बिदा पनि दिएको छ ।
शुक्रबार विहान अधिकारीको शव पोखरा ल्याउने तयारी भैरहेको छ । पोखरामा शव ल्याएपछि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उनको अन्त्यष्टी पोखराको रामघाटमा गरिनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
