पोखरा । पोखरामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । पोखरा-११ फुलबारी भानू मार्गमा बिहिबार ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको पल्सरलाई ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाइकल चालक पोखरा-१० बुद्दचोकका १८ बर्षीय हेमनारायण काफ्ले घाइते भएका छन् । ठक्करपछि आगलागि भई मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ।
घाइते काफ्लेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
