काठमाडौँ । मध्य फागुन भइसकेको अवस्थामा काठमाडौँ उपत्यका भित्रै १२ वर्षपछि हिउँ परेको छ।
काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो। राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो।
यसअघि काठमाडौँ उपत्यका भित्रै २०६३ माघ १४ गते (फेब्रुअरी १४, २००७) मा हिउँ परेको थियो । त्यतिबेला काठमाडौँका त्रिपुरेश्वर, न्यूरोडसहतिका मूख्य भागमै हिउँ परेको थियो । त्यसअघि वि सं २००१ साल पुसमा काठमाडौँ उपत्यका भित्रै हिमपात भएको रेकर्ड छ।
जाडो जान लागेको समयमा बर्षात्सँगै हिउँ परेपछि काठमाडौँ उपत्यकाको मौसम पनि चिसिएको छ। हिउँले उपत्यकाका चन्द्रागिरि, नागर्जुन, शिवपुरी क्षेत्रका डाँडाकाँडा सेतम्मे भएका छन्। बुधबारदेखि देशैभर वर्षात र हिमपात भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
