पोखरा । पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको खबर सुनेसँगैं पोखरामा रहेका उनका बुवाआमा बेहोस भएका छन्।
कास्कीको पोखरा महानगर-५ मालेपाटनस्थित घरमा रहेका मन्त्री अधिकारीका बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी अर्धचेत अवस्थामा रहेको परिवारका एक सदस्यले बताए।
बेहोस भएका अधिकारीद्वयलाई रिजनल अस्पताल लगिएको थियो। उनीहरुलाई थप उपचारका लागि यति एयरको उडानबाट काठमाडौं ल्याइएको छ।
बुधबार दिउँसो ताप्लेजुङको सिस्नेमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो। मन्त्री अधिकारीका श्रीमती र दुई छोरा छन्।
अहिले मन्त्री अधिकारीको निवासमा छिमेकी, आफन्तको भीड लागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
