पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङ सहित ६ जना सवार रहेको जनाईएको छ ।

Advertisement

हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए। ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ ‘मुभ’ भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा बिस्तृत विवरण आउन बाँकी छ ।

यसैबीच, ताप्लेजुङमा भएको हेलिकप्टर दुघर्टनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुघर्टना भएको खबर सार्वजनिक भए लगत्तै प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आकस्मिक रुपमा बालुवाटार बोलाएका हुन् ।

More News last news
Loading...