त्रिपुरेश्वर-कलङ्की-नागढुङ्गा सडक वैशाखभित्र कालोपत्रे गर्ने तयारी

काठमाडौँ । लामो समयदेखि नाजुक रहेको त्रिपुरेश्वर-कलङ्की-नागढुङ्गा सडकमा अब चाँडै कालोपत्रे देखिने भएको छ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कामलाई तिब्रता दिएसँग आउँदो वैशाखभित्र कालोपत्रे हुने भएको हो।

Advertisement

साढे तीन वर्ष पहिले नै निर्माण सम्झौता भएको १६ किलोमिटर लामो उक्त सडक विस्तार जग्गा अधिग्रहण विवादले समयमै काम हुन नसक्दा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको थियो।

कलङ्कीदेखि नागढुङ्गासम्मका विभिन्न स्थानमा सडकछेउका संरचना भत्काउनै पर्ने भएपछि स्थानीय मुआब्जा माग गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले विभिन्न मुद्दामा घर भत्काउन रोक लगाएपछि निर्माण समस्या भएको थियो।

समस्या समाधानका लागि तत्परता देखाउँदै गत साउन १० गते मन्त्रिपरिषद् बैठकले सो सडक विस्तारलाई यथासम्भव अगाडि बढाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले उपलब्ध चौडाइमा आवश्यक संरचनासहित निर्माण सम्पन्न गर्ने सैद्धान्तिक सहमति दिएपछि सडक विस्तार आयोजनाको काम अगाडि बढेको हो।

More News last news
Loading...