चन्द्रागिरिमा राँगोको आक्रमणबाट घाइते भएका नायब सुब्बाको मृत्यु

काठमाडौँ । राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ।

यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा आज त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आएका थिए । राँगोको आक्रमणबाट निधन भएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

Advertisement

यस्तै फागुन ११ गते नै सोही राँगोको आक्रमणबाट मच्छेगाउँका स्थानीय ७० वर्षीय मानवीर महर्जनको समेत मृत्यु भएको थियो भने चन्द्रागिरि बस्ने देवी राना र मानकाजी महर्जन घाइते भएका थिए। राँगोको आक्रमणबाट प्रहरीसमेत घाइते भएका थिए । मानिसलाई समेत आक्रमण गरेर ठूलो जनधनको क्षति गरेपछि राँगोलाई प्रहरीले लखेटेर दहचोक पु¥याएर गोली हानी मारेका थिए।

More News last news
Loading...