काठमाडौँ । शहीद गंगालाल श्रेष्ठका छोराको आज (मंगलबार) विहान निधन भएको छ।
शहीद गंगालालका छोरा शशीलाल श्रेष्ठको ७८ वर्षको उमेरमा मंगलबार बिहान साढे ३ बजे निधन भएको आफन्तले जानकारी दिएका छन्। काठमाडौंको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिने जनाइएको छ।
उनका बाबु गङ्गालाल श्रेष्ठ नेपालका शहीद हुन् । जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए। स्व भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म विसं १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो।
(तस्वीर गंगालाल श्रेष्ठ)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
