पोखरा । मनाङमा हिमपातका कारण एउटा दुई तले घर भत्किएको छ।
हिमपातका कारण आइतबार राती ङिस्याङ गाउँपालिका-४ हुम्देका ६० बर्षीय क्यु छिरिङ गुरुङको घर भत्किएको हो।
टिनको छानो तथा ढुङ्गा माटोले बनेको २ तले घर भत्किएर पुर्ण रुपले क्षतिग्रस्त भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए।
घर धनि काठमाण्डौ गएको बेला परेकाले मानविय क्षति हुनबाट जोगिएको प्रहरी प्रवक्ता पुरीले जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
