निसानामा एनसेल, ललितपुरपछि पोखरामा पनि एनसेलको टावन ध्वस्त

पोखरा । कर छलिको आरोप खेपेको एनसेलमाथि देशव्यापी रुपमा आक्रमण भएको छ। बाग्लुङका विभिन्न टावरमा बम तथा आगजनीपछि हिजो बेलुकी ललितपुरको नख्खुस्थित मुख्यालयमा पनि बम विस्पोट गराइएको थियो।

ललितपुरपछि शुक्रबार राति नै पोखरा महानगरपालिकाकाृे एनसिएल टावरमा पनि आगजनी गरिएको छ। पोखरा महानगरपालिका २७ चन्द्रकालिका डाडाको नाकमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको प्रहरी जनाएको छ।

Advertisement

प्रहरीका अनुसार टावर डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर ध्वस्त भएको छ। एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन अवरुद्ध भएको छ।

More News last news
Loading...