काठमाडौं । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा २ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ।
मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी रहेको महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए। लिम्बुका अनुसार सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तीन जना निर्माण मजदुर हुन्। गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए। त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषणा गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
