कतारमा जाडो बढ्यो, केही दिन सामुन्द्रिक क्रियाकलाप नगर्न मौसम विभागको आग्रह

कतार । खाडी मुलुक कतारमा अझै केही दिन जाडो बढ्ने भएको छ।

केही दिन यता रात र बिहानको समयमा कडा हावाहुरीसँगै बढेको जाडो यो हप्ताको अन्त्यसम्मै रहने भएको हो।

Advertisement

कतारको मौसम विभागले ट्वीट गर्दै अब २-३ दिनसम्म जाडो रहने बताएको हो।

जाडोको समयमा दोहाको तापक्रम १४ देखि २३ डिग्री सेल्सियसको बीचमा हुनेछ। त्यस्तै आउँदो शनिबारसम्म कुनैपनि सामुन्द्रिक क्रियाकलाप नगर्न विभागले अनुरोध गरेको छ।

More News last news
Loading...