काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहमाथि एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।
शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राले कारबाहीका लागि विश्वविद्यालयमा निवेदन दिएकी छन्।
सहायक डीन साहले जबर्जस्ती करणी गर्ने उद्देश्यले आफ्नो संवेदनशील अंगमा छोई हातपात गरेको भन्दै छात्राले कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन्।
छात्रामाथि दुर्व्यवहार गर्ने साहलाई बुधबार विद्यार्थीहरुले दुर्व्यवहार गरेका छन्। उनलाई विद्यार्थीहरुको एक समूहले कालोमोसो दलेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
