तनहुँमा साइकल विद्युत पोलमा ठोक्किँदा करेन्ट लागेर बालकको मृत्यु

तनहुँ, गण्डकी । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ ।

More News last news
Loading...