तनहुँ, गण्डकी । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माईक्रो तनहुँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । माइक्रो स्कार्पियोसँग ठक्कर खाएको प्रहरी प्रहरीले जनाएको छ ।
बिहीवार तनहुँको म्याग्दे गाउँपालिका ३ धएरेमा बा ३ ख १०५९ नम्बरको माइक्रो ग १ य १०४८ नम्बरको स्कार्पियोसँग ठक्कर खाएको हो ।
दुवै सवारीका चालकसहित २० जना घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारको लागि पोखरातर्फ ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
