पोखराको आकाशमा उडिरहेको प्याराग्लाईडिङभित्र चिल पसेपछि

पोखरा । पोखरामा उडिरहेको प्याराग्लाईडिङभित्र चिल पसेपछि दुर्घटना भएको छ। सराङकोटबाट उडेको प्याराग्लाईडिङमा अचानक चिल पसेको प्रहरीले जनाएको छ। चिल पसेपछि प्याराग्लाईडिङ अनियन्त्रित भएको थियो।

प्याराग्लाईडिङ चालक पोखरा – ६ जरेबर बस्ने २९ वर्षीय बिजय दाहाललाई सकुशल उद्धार गरिएको प्रदेश प्रहरीले जनाएको छ।

Advertisement

अनियन्त्रित भएपछि प्यारासुट खोलेका दाहाल सराङ्कोटकै करीब २५ फिट अग्लो दमौराका रुखमा अड्किएका थिए। रुखमा अड्किएका दाहाललाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

सोलो टेण्डम फ्लाइट गर्ने क्रममा भएकाले पनि क्षति हुन पाएन।

More News last news
Loading...