घरमा ठोक्किएर अमेरिकामा विमान दुर्घटना, पाँचजनाको मृत्यु

अमेरिकी । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफोर्नियमा दुर्घटनाग्रस्त भएको छ।

विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर विमान दुर्घटना भएको हो। दुर्घटनामा विमानका चालकसहित अन्य चारजनाको ज्यान गएको छ।

Advertisement

वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो । विमान चालक र त्यो घरमा रहेका चार जनाको आगोले जलेर ज्यान गएको अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले विमान दुर्घटनापछि गरेको पत्रकार सम्मेलनमा बताए । मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका पुष्टि भएको छ तर उनीहरूको थप परिचय सार्वजनिक गरिएको छैन।

सेस्ना ४१४ ए नंम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताए।

प्रत्यक्षदर्शीका अनुसार विमानको एउटा इन्जिन र मुख्य क्याविन दुई तले घरमा ठोक्एिपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुई जनालाई सख्त जलेको अवस्थामा जिवितै उद्धार गरी उपचारका लागि पठाइएको छ।

More News last news
Loading...