पुतलीबजार, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका युवा संघका नेता दिल बहादुर गुरुङ मैते नेपाली नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।
झुटो सपना बाड्ने कम्युनिष्टहरुले लुट मात्र मच्चाउन खोजेको भन्दै युवा संघका क्षेत्रीय उपाध्यक्ष समेत रहेका गुरुङ आफ्नो पूरानै घर कांग्रेसमा फर्किएका हुन्।
आज नेपाली काङ्ग्रेसका नेता संबिधान सभा सदस्य राजु थापाले पार्टीमा स्वागत गर्दै गुरुङलाई नेपाली काङ्ग्रेस स्याङ्जाले तत्काल उचित स्थानमा राख्ने पनि बताए।
नेता थापाले नेपाली काङ्ग्रेस स्याङ्जाको घरफिर्ती अभियान कार्यक्रममा बोल्दै अहिलेको सरकारले जनताको आधारभूत आवश्यकतालाई समेत वेवास्ता गरि एकलौटी माफियाहरुको सहयोगी बनेको आरोप लगाए।
सरकारले संबैधानिक सर्वोच्चता माथी हस्तक्षेप गरि जनताको न्यायलय माथिको भरोसा टुटाएको छ। अहिलेको सरकार करोडौंको भष्ट्राचारमा लिप्त भएको, दुइ तिहाइको दम्ब देखाइ अलोकतान्त्रिक, अमर्यादित गतिविधि गरेकोले सरकार विरुद्धको आन्दोलन एक संगठनको मात्र नभई सम्पूर्ण देशवासीको आन्दोलन भएकोले माघ २१ गतेको आन्दोलनमा सहभागी हुन आम जनतालाई आग्रह समेत गरे।
कार्यक्रममा काङ्ग्रेस नेता चन्द्रमणी पौडेल पुतलीबजार न.पा वडा न २ का सभापति चेत बहादुर पौडेल, कुम बहादुर गुरुङ, अजित क्षेत्री लगायतले नेपाली कांग्रेस प्रवेश गर्ने गुरुङलाई फुल माला लगाएर स्वागत गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
