दिउँसो काठमाडौँमा राति पूर्वी पहाडमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा भूकम्प गएको १२ घण्टा नबित्दै मंगलबार साँझ पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Advertisement

भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा पनि महसुस गरिएको छ । मंगलबार बिहान पनि काठमाडौँको थापाथलीलाई केन्द्रबिन्दु बनाउँदै गोरखा भूकम्पको परकम्प गएको थियो ।

More News last news
Loading...