हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सोलुखुम्बु । सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । कैलाश हेलिकप्टरमार्फत उद्धार गरिएको चिकित्सक शेर्पाले जानकारी दिनुभयो।

Advertisement

गर्भवती शेर्पाले आज ३ बजेर ४ मिनेटमा शल्यक्रियामार्फत तीन केजी सात ग्रामकी छोरीलाई जन्मदिएको अस्पतालले जनाएको छ । चिकित्सक शेर्पाका अनुसार दुई घण्टामा शल्यक्रिया गर्नुपर्ने भए पनि तालीम प्राप्त स्वास्थ्यकर्मीको अभावका कारण ११ घण्टा लागेको थियो।

आर्थिक अवस्था कमजोर र जटिल परिस्थितिमा नेपाल सरकारले निःशुल्क उद्धार गर्ने व्यवस्थाअनुरुप नै उद्धार गरिएको उहाँले बताउनुभयो। शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। योसँगै दुई महीनाको अवधिमा सोताङबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गर्नेको सङ्ख्या तीन पुगेको छ।

पछिल्लो समय नेपाल सरकारले आर्थिक अवस्था कमजोर र जटिल अवस्थाको गर्भवती महिलालाई निःशुल्क उद्धार गर्ने नीतिको कारण भने यहाँका स्थानीयवासीले राहत महशुस गरेका छन्।

More News last news
Loading...