भोजपुर – षडानन्द नगरपालिकामा रुखले किच्दा एक जनाको ज्यान गएको छ ।
रुखले किचेर षडानन्द नगरपालिका–४, का ६० वर्षीय दुर्गाबहादुर राईको ज्यान गएको हो । रुद्राक्षको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमै राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि खाँदबारी अस्पताल संखुवासभा लगिएको प्रहरी जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
