काठमाडौ । स्याङ्जाको लत्रेपिपलमा ‘दोश्रो लत्रेपिपल माझबिनी मेला–२०७५’ मा राष्ट्रिय कलाकारसँग स्थानीय दर्शकहरु झुमेका छन् ।
लत्रेपिपल युवा क्लवको आयोजनामा शनिवार सम्पन्न मेलामा चर्चित लोककलाकार पशुपति शर्मा, राजन कार्की, सम्झना पौडेल, रमेशराज भट्टराई, तारा श्रेष्ठ,, घनश्याम रिजाल लगायतका कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु औधी रमाएका हुन् । 
शर्माले आफ्ना केहि चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने गायक भट्टराईले आफ्नो चर्चित गीत ‘बेहुला बनाउँछु भन्थी, बहुँला बनाएर गई’ भन्दै गीत गाउँदा दर्शकहरुले हुटिङ गर्दै साथ दिईरहेका थिए । 
कार्यक्रममा हास्य टेलिचलचित्र भद्रगोलका कलाकारद्धय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ को रमाईलो प्रस्तुतीले दर्शकको मन अझ जित्यो । सधैभरी टेलिभिजनमा सिरियल हेरेर हाँसेका दर्शकहरु लाईभ आफ्नै अगाडी जिग्री र ‘पाँडेलाई देख्दा सहभागीहरु अझै उत्साहित देखिन्थे । 
कार्यक्रममा क्लवका अध्यक्ष धुव्र शर्माले लोक तथा दोहोरी गायिका सभ्झना भण्डारीसहित विविध क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेका थिए । 

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
