तनहुँमा बाइकबाट खसेर बहिनीको मृत्यु, मलामी हिँडेका दाजुको पनि ज्यान गयो

दमौली । शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो। बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ।

ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा म्याग्देको निर्मलबस्ती नजिकै ग ११ प ५५०२ नम्बरको मोटरसाईकलबाट खसेर ज्यान गुमाएकी बहिनी प्रमिशा थापाको दाहसंस्कारको तयारीका लागि दमौली आएका थिए।

Advertisement

उनी दमौली अनशन चौतारा नजिकै आइपुगेका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि एक्कासी बेहोस भएर लडेका थिए। उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो। दमौली अस्पतालमा चिकित्सकले मृतक घोषणा गरे।

मोटरसाइकलबाट खस्दा प्रमिशाको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि दमौलीको रत्नहरि अस्पताल ल्याइएको थियो। थप उपचारका लागि पोखराको मणिपाल अस्पताल लगेपछि उपचारका क्रममा उनको ज्यान गएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए।

More News last news
Loading...