पोखरा । गण्डकी प्रदेशमा पुष १५ गते सार्वजनिक विदा हुने भएको छ। गुरुङ समुदायको ल्होछार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
शुक्रबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद्को निर्णयबाट पुष १५ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरिएको हो।

गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरि उक्त दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदाको दिने निर्णय भएको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
