काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार–हत्या अनुसन्धानमा पक्राउ परेका कञ्चनपुरका अर्का युवा प्रदीप रावल पनि छुटेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको थुनामा रहेका रावल बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा थुनामुक्त भएका हुन् । बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान गर्दै प्रहरीले केही सार्वजनिक अपराध कसुरमा मुद्दा अगाडि बढाएको थियो । उनलाई प्रशासनले साधारण तारेखमा रिहा गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
यसअघि उनीसँगै पक्राउ परेका युवा विशाल चौधरी पनि थुनामुक्त भएका थिए। दुबै युवालाई कञ्चनपुरबाट पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं ल्याएर मुद्दा चलाएको थियो।
अपराध स्वीकारेको बयान दिइएको भनिएका दुबैको डिएनए परीक्षण गराइएको थियो । ब्युरो स्रोतका अनुसार दुबैको डिएनए मिलेन । डिएनए नमिलेपछि चौधरी छुटेको केही दिनमै प्रहरीले रावललाई पनि थुनामुक्त गरेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
