स्याङ्जा । लोकतान्त्रिकआन्दोलनका सेनानी नेपाली काँग्रेस स्याङ्जाका नेता शिवकुमार अधिकारीको निधन भएको छ।
ब्रेन ट्युमरबाट पीडित अधिकारीको मंगलबार दिउँसो ३ बजे निधन भएको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । लोकतन्त्र स्थापनाको लागि पटक पटक जेल जीवन विताएका अधिकारी जिल्ला बिकास समितिको सभापति समेत भएका थिए ।
अधिकारीको पार्थिव शरीर राजधानीबाट स्याङ्जा राङ्खोला ल्याई भोलि विहान ७ बजे नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यलयबाट साँगर रामनदीधाँम राम्दीमा अन्तिम दाहसंस्कार गरिने काँग्रेस स्याङ्जाका सचिव कुमार रानाले नयाँपुस्तालाई जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
