रिजन नेपाल
पोखरा । पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह र रानी कोमल शाह सोमबार पोखरा आएका छन् । उनीहरुको पोखरामा भव्य स्वागत गरिएको छ।
स्वागतका लागि नागरिक समाजतर्फबाट केशव भण्डारीको संयोजकत्वमा ५ सय ५१ सदस्यीय स्वागत समारोह नै गठन गरिएको थियो।

पूर्व राजारानीको स्वागतका लागि मानिसहरु विमानस्थलदेखि मुस्ताङचोकसम्म लामबद्व भई बसेका थिए । विमानस्थलबाट २० मिनेटसम्म हिडेरै पूर्व राजाले नागरिकको स्वागत ग्रहण गरेका हुन् । सो क्रममा नागरिकले उनीहरुसँग समसामयिक परिस्थितिबारे अवगत गराउँदै विभिन्न गुनासो राखेका थिए ।
उनको स्वागतमा गणतन्त्र र संघीयताविरुद्ध नाराबाजीसमेत गरिएको थियो । नागरिकको स्वागत ग्रहणपछि पूर्व राजा सपरिवारका साथ पोखरा निर्मलपोखरीस्थित माउन्ट ग्लोरी रिसोर्टतर्फ लागेका छन् ।
एक साता बढी सो रिसोर्टमा बस्ने उनीहरुले गण्डकी क्षेत्रका आफ्ना शुभेच्छुक, राजनीतिज्ञ, समाजसेवी बुद्धिजीजी लगायतसँग भेटघाट एवं यस क्षेत्रक धार्मिक मठ मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जनाए ।
तस्वीर : रिजन नेपाल

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
