प्रधानमन्त्री राजापाक्षेले दिए पदबाट राजीनामा

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आफ्नो पदबाट राजीनामा दिएसँगै त्यहाँ रहेको राजनीतिक संकट टर्ने अपेक्षा गरिएको छ ।

शनिबार राजापाक्षेले आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् । आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेका राजापक्षेको राजीनामाबारे उनकै पार्टीका सांसद शेहान सेमासिङ्घेले वक्तव्य जारी गर्दै जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।आफ्नो वक्तव्यमा सेमासिङ्घेले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन्।

Advertisement

अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफूहरूको मुख्य मुद्दा हुने उनको भनाइ छ । प्रधानमन्त्री राजापाक्षेको राजीनामासँगै झन्डै सात हप्तादेखि गहिरिएको राजनीतिक संकट टर्ने अपेक्षा गरिएको छ। यसअघि बिहीबारमात्र श्रीलंकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कदम अवैधानिक भएको आदेश दिएको थियो।

गएको अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट सुरू भएको थियो।

More News last news
Loading...